लोकगायक मुक्तिनाथको पहिलो आधुनिक गीत सार्वजनिक (भिडियोसहित)

लोकगायक मुक्तिनाथको पहिलो आधुनिक गीत सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गायक मुक्तिनाथ उप्रेतीको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक उप्रेतीकै शब्द, स्वर र संगीत रहेकोग गीत ‘यता नाता टुटाएर उता नाता गाँस्यौ’ सार्वजनिक भएको हो। यो गीतमा गायक उप्रेतीलाई चर्चित गायिका मेलिना राई साथ् दिएकी छन्।

लोकदोहोरी गायक उप्रेतीको यो आधुनिक गीत हो । उनको करिब एक दर्जन गीत सार्वजनिक भैसकेका छन् भने केही गीतहरु रिलिज हुने क्रममा रहेको छ।

उप्रेतीको टिष्टुङ्ग पालुङ्ग गाउँ, ’झ्याई पारौं यसपाली’, ’जवानी चढ्यो झन चन्चल भयो मन’, ’सारै राम्री रुपकी धनी’, ‘गोरी हे गोरी’ लगायतका गीतहरु चर्चित छन्।

मकवानपुरको थाहानगरपालिका ६ का उप्रेतीले अहिलेसम्म लोक दोहोरी, आधुनिक र फिल्मी गीतहरुमा स्वर दिइसकेका छन् ।  केन्द्रबिन्दुसँग कुरा गर्दै गायक उप्रेतीले नेपालको सांगीतिक क्षेत्रको उत्थानका लागि नयाँ कन्सेप्टसहितको गीतहरु सिर्जनामा लागिपरेको बताए ।

 

Skip This
Skip This
Logo