रुरु जलविद्युतको ४४ करोड कित्ता बढी सेयरको लक इन अवधि शनिबार समाप्त हुने

रुरु जलविद्युतको ४४ करोड कित्ता बढी सेयरको लक इन अवधि शनिबार समाप्त हुने

केन्द्रबिन्दु
9
Shares

काठमाडाैँ। रुरु जलविद्युत परियोजना लिमिटेडको लक इन समयावधि आगामी वैशाख ३ गते समाप्त हुने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको ४४ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो।

कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो।

कम्पनीले संस्थापक, अयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीको सेयर सर्वसाधारणलाई २०७८ वैशाख ३ गते बाँडफाँड गरेको थियो।

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था गरेको छ।

कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापक सेयर,४ लाख ८९ हजार २४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र ९ हजार ८५८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो।

Skip This
Skip This
Logo