गर्भवती महिलासँग उपमेयर कार्यक्रम शुरु हुने

गर्भवती महिलासँग उपमेयर कार्यक्रम शुरु हुने

केन्द्रबिन्दु
0
Shares

दैलेख,

दैलेखको नारायण नगरपालिकाले गर्भवती महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘गर्भवती महिलासँग उपमेयर’ कार्यक्रम संचालन गर्ने भएको छ । नगरपालिकाले महिलाहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउन उपमेयर र गर्भवती महिलाबिच भेटघाट कार्यक्रम संचालन गर्न लागेको हो ।

आर्थीक बर्ष २०७६/०७७ देखि कार्यक्रम सुरु गर्ने गरि नगरपालिकाले नीति अवलम्बन गरेको छ । कार्यक्रम अन्तरगर्त नगर क्षेत्रभित्रका गर्भवती महिलाहरुसँग उपमेयर भेटघाटका लागि पुग्नु हुनेछ । उपमेयर र गर्भवती महिला विच भेटघाटसँगै गर्भवती महिलाहरुलाई पोषिलो झोल उपहार दिने नीति नगरपालिकाले लिएको नगरप्रमुख रत्नबहादुर खड्काले बताउनुभयो ।

त्यस्तै नगरपालिकाले ‘असल आमा प्रोत्साहन’ कार्यक्रमलाई निरन्तरता दिने नीति बनाएको छ । नगरले नगरसभामा आगामी आर्थीक बर्ष २०७६/०७७ का लागि पेश गरेको नीति तथा कार्यक्रम अनुसार ‘एक वडा एक उत्पादन’ गर्ने नीतिमा जोड दिएको छ ।

यस्तै नगरपालिकाले ‘एक घर एक करेसाबारी’ को अवधारणा अघि सारेको छ । ‘एक घर गोठ, १० फलफूलका बोट’ कार्यक्रम संञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । यूवाहरुलाई विदेश पलायनबाट रोक्नका लागि व्यवसायीक पशुपालनमा अनुदान दिइने भएको छ । युवाहरुलाई पशुपालन गर्न एक पटकका लागि अनुदान उपलब्ध गराउने र उत्पादनमा आधारित अनुदानको व्यवस्थालाई वढवा दिइने नगरप्रमुख खड्काले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo