विदेश पलायन भएका खेलाडी फर्काउनेबारे खेलकुद मन्त्रीलाई अशिम शाहको प्रश्न

विदेश पलायन भएका खेलाडी फर्काउनेबारे खेलकुद मन्त्रीलाई अशिम शाहको प्रश्न

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ। रास्वपा सांसद अशिम शाहले खेलकुद मन्त्रीलाई अन्तर्राष्ट्रिय फुटबलको बहानामा विदेश गएका खेलाडी बाहेकका एन्फा पदाधिकारीलाई कारबाहीको निर्देशन दिएकोमा धन्यवाद दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘दशरथ रंगशालामा हुने तय भएको बहराइनविरुद्धको खेल हुन नसक्नुको पछाडि कसको कमजोरी भयो ? टियु क्रिकेट ग्राउन्डमा फ्लड लाइट र स्कोर बोर्ड कहिले आउँछ ? बहुसङ्ख्यक फुटबल खेलाडीहरू विदेश पलायन हुँदै गएकोमा उनीहरूलाई रोक्ने फर्काउने तयारी के हुँदैछ ?’

संसारमा ई-स्पोर्टले फड्को मारिसकेको भन्दै उनले देशमा ई-स्पोर्टलाई अगाडि लान ढिला गर्न नहुने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

Skip This
Skip This
Logo