बिहानै त्रिशूलीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

बिहानै त्रिशूलीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
चितवनमा आज भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बिहान ५ः४५ बजेतिर मुग्लिनबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन । थप विवरण आउन बाँकी छ ।

Skip This
Skip This
Logo