काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रमुख रमेश चन्द ठकुरीले अदालत समक्ष आत्मसमर्पण गरेका छन् । चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका ठकुरीले फैसला भएको दुई वर्षपछि उनले बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका हुन् ।
सर्वोच्च अदालतका तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले दुई वर्षअघि ठकुरीसहित पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक श्रेष्ठ लगायतलाई दोषी ठहर गरेको थियो । अदालतले ठकुरी र गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना गर्ने फैसला गरेको थियो ।
राणा, गुरूङ, थाङ्देन र श्रेष्ठ अहिले डिल्लीबजार कारागारमा छन् । पूर्वप्रहरी प्रमुख राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको थियो । त्यस्तै थापा र थाङ्देनलाई एक वर्ष कैद र ४० हजार जरिवाना सजाय फैसला भएको थियो ।































प्रतिक्रिया