काठमाडौं । ‘माक्स खोलेर हिँड्ने कुरा साथीहरुले गर्नुभो । पोहोर साल माक्स लाएर हिँड्नुहुन्थ्यो, अहिले त आफैं नलाई हिँड्नुभएको छ । अरु केही प्रमाण चाहिँदैन् ।’ यो भनाई प्रधानमन्त्री केपी शर्मा ओलीको हो । प्रतिनिधिसभा बैठकमा सोधिएको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले वर्तमान सरकार आएपछि काठमाडौंमा मास्क लगाउने हराएको दाबी गरेका थिए ।
प्रधानमन्त्रीको उक्त भनाईलाई धेरैले ‘हावादारी’ भनेका छन् । काठमाडौंको धुवा र धुलो जस्तोको त्यस्तै रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपाली जनतालाई ढाँटेको आरोप लगाएका हुन् ।
यसैबीच नेपाली कांग्रेसकी एक महिला सांसदले प्रधानमन्त्रीलाई स्कुटीमा काठमाडौंका विभिन्न ठाउँ घुमाउने प्रस्ताव गरेकी छन् । प्रधानमन्त्रीको भनाईलाई चुनौती दिँदै सांसद रंगमती शाहीले स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी हुन् ।
बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।’ उनले अगाडि भनिन्, ‘अनि त्यसपछि मात्रै तपाईंहरु कहाँ के भएको रहेछ भनेर बोल्नुहोला भन्ने सुझावका साथ बिदा हुन्छु ।’ त्यसअघि सांसद शाहीले प्रधानमन्त्री ओलीले उद्घाटन गरेको विद्युतीय बस कहाँ थन्किएको छ रु? भन्दै प्रश्न गरेकी छन् ।





























प्रतिक्रिया