चेल्सीको नयाँ प्रशिक्षकमा फ्रांक लाम्पार्ड नियुक्त

चेल्सीको नयाँ प्रशिक्षकमा फ्रांक लाम्पार्ड नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लण्डनको फुटबल क्लब चेल्सीको नयाँ प्रशिक्षकमा फ्रांक लाम्पार्ड नियुक्त भएका छन् । चेल्सीले आफ्नै पूर्व खेलाडी लाम्पार्डलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो । उनी ३ वर्षको लागि चेल्सीको टोलीलाई प्रशिक्षण गर्न पाउनेछन् ।

४१ वर्षीय लाम्पार्ड च्याम्पियनसिप क्लब डर्वी काउन्टी छाडेर आफ्नै पूर्व क्लबमा प्रशिक्षकको रुपमा फर्किएका हुन्। उनले अब माउरिजिओ सारीको स्थान लिनेछन्। सारी चेल्सी छाडेर इटालियन क्लब युभेन्ट्स गएका छन् ।

उनले स्टानफोर्ड ब्रिजमा १३ वर्ष बिताएका थिए। उनी क्लबका लागि सर्वाधिक गोलकर्ता समेत हुन्। उनले २११ गोल गरेका थिए । उनले चेल्सीमा रहँदा ३ प्रिमियर लिग, ४ एफए कप र १ च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

Logo