काठमाडौं,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले दुई अध्यक्षबीच भएको आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
रावलले दुई अध्यक्षबीच आलोपालो सहमति भएको भए त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नभएको बताए । ‘उहाँहरुबीच के सहमति भएको थियो हामीलाई थाहा छैन, किनकी त्यो सहमति हुँदा हामी उपस्थित थिएनौं । बरु अन्य दुई सदस्य साक्षी हुनुहुन्छ’, उनले भने, ‘आलोपालो सरकार सञ्चालनबारे दुई अध्यक्षबीच जस्तो पनि सहमति भएको छ त्यो कार्यान्वयन हुनुपर्छ ।’
आलोपालो सरकारमा सहमतिबारे दुई अध्यक्षले विश्वसनीय वातावरण बनाएको भए अहिलेको अवस्था नआउने भन्दै एकताका बेला भएको सहमति कार्यान्वयन नभए पार्टीको विश्वनीयतामाथि नै प्रश्न उठ्न सक्ने चेतावनी दिए ।
पार्टी एकीकरण र राष्ट्रिय राजनीतिलाई अघि बढाउन पनि सहमति कार्यान्वयन हुनुपर्ने रावलको धारणा छ । ‘अध्यक्षद्वयले हस्ताक्षर गरेपछि कार्यान्वयन गर्ने काम पनि उहाँहरुकै हो । बाहिर आएको अनुसार सहमति गरेको हो भने एकआपसमा गहिरो विश्वासका साथ कार्यान्वनय गर्नुपर्छ ।
कार्यान्वयन भएन भने अविश्वासको अवस्था सिर्जना हुने र यसले कम्युनिस्ट एकतामै समस्या आउने भन्दै उनले चिन्ता व्यक्त गरे । ‘कार्यान्वयनमा अहिले आशंका देखिएको छ । तुरुन्तै बैठक बसेर यसबारे दुबै अध्यक्षले स्पष्ट पार्नुपर्छ ।’
दुई अध्यक्षको अविश्वास र सम्पूर्ण प्रक्रिया केन्द्रीकृत हुँदा पार्टी कार्यकर्ता निराश तथा बेरोजगार भएको भन्दै उनले यो अवस्थाको अन्त्यका लागि पार्टी विधि, पद्धति र प्रणालीबाट सञ्चालित हुनुपर्ने बताए । जनताको ठूलो आशा आकांक्षालाई सम्बोधन गर्नेगरी आएको बहुमतको सरकारले त्रुटी नगरोस भनेर आफूले पार्टीलाई सचेत गराएको भन्दै यो पार्टीलाई आलोचनात्मक सहयोग भएको टिप्पणी गरे ।
नागरिकबाट































प्रतिक्रिया