काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश १ को आफू निकटका जिल्ला अध्यक्ष र सचिवहरुको पार्टी भेला आयोजना गरेका छन् ।
प्रचण्ड र नेपाल पक्षले प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएका हुन् । सो भेलामा प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु समेत सहभागि रहेको बताइएको छ ।
पार्टीभित्रको वर्तमान परिस्थितिबारे उनीहरुलाई जानकारी दिनका लागि भेला आयोजना गरिएको हो । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकमा जारी संवैधानिक परिषद सम्बन्धि अध्यक्षादेश फिर्ता लिने निर्णय भएको थियो । तर विहिबार बसेको मन्त्रिपरिषद बैठकमा यस बारेमा कुनै छलफल समेत भएको छैन ।
सो सहमति अनुसार प्रधानमन्त्रीले अध्यादेश फिर्ता नगरेकाले कठोर कदम चाल्ने आजको भेलामा सहभागी नेताहरुले बताएका छन् ।





























प्रतिक्रिया