ओम हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य परीक्षण सेवा

ओम हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य परीक्षण सेवा

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले काठमाडौँको लोहसालमा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ।

हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय ‘अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँगको सहकार्यमा गरिएको परीक्षण कार्यक्रममा सामान्य चिकित्सा, स्त्री तथा प्रसूतिरोग, मुटुरोग, स्त्री क्यान्सर परीक्षण तथा फार्मेसी सेवासहित शिविर सञ्चालन गरेको हो।

शिविरमा स्वास्थ्य परीक्षण गरिनाका साथै परामर्श तथा निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा निःशुल्क औषधि उपलब्ध गराइएको थियो।

हस्पिटलका अध्यक्ष तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा आनन्दप्रसाद श्रेष्ठले स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य परीक्षण र सचेतनामूलक कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्दै जाने बताए।

शिविरमा एक सय ८७ जनाले विशेषज्ञसँग परामर्श तथा उपचार सेवा प्राप्त गरेको शिविरकी संयोजकसमेत रहेकी ओम हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले बताइन्।

Skip This
Skip This
Logo