इक्यानको सहकार्यमा ‘एडुक्लेभ २.०’ कार्यक्रम सुरु

इक्यानको सहकार्यमा ‘एडुक्लेभ २.०’ कार्यक्रम सुरु

केन्द्रबिन्दु
18
Shares

काठमाडाैँ। नेपाल शैक्षिक परामर्श संघ इक्यानसँगको सहकार्यमा काठमाडौंको मेरियत होटलमा ‘एडुक्लेभ २.०’ कार्यक्रम सुरु भएको छ। ‘द पोलिसी डायलग’ नाम दिइएको दोश्रो संस्करणको एडुक्लेभकाे सुरुवात नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले स्वागत मन्तव्य दिएर गरेका हुन्।

स्वागत मन्तव्यमा अध्यक्ष भट्टराईले शिक्षाको महत्त्वलाई बुझेर नेपालमा नै केही गर्न वातावरण मिलाउनुपर्ने बताए। उनले आजकाे दिनमा शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ्न आवश्यक रहेकाे जिकिर गरे।

साथै अहिले नेपालमा ५ हजार एजुकेसन कन्सलटेन्सीहरुले ७० हजार भन्दा बढि राेजगार सिर्जना गरेको पनि बताए। उनले अहिले नेपालबाट ७० अर्बदेखि एक खर्बसम्म शिक्षाका लागि बजेट बाहिरिएको बताए।

‘एडुक्लेभ २.०’ मा आज ५ वटा बिषयमा छलफल हुनेछ। पहिलो प्यानल डिस्कसन विश्वव्यापी शिक्षा गतिशीलता परिप्रेक्ष्यमा हुनेछ। जसको मोडिएटर वरिष्ठ पत्रकार दिलभुषण पाठकले गर्नेछन्।

यस्तै उक्त प्यानल डिस्कसनमा उदय शम्शेर राणा, दिपेन्द्र बहादुर क्षेत्री, डा. राजिव सुब्बा, कृष्ण श्रेष्ठ, प्रतिष्ठा थापा रायमाझीलगायत सहभागी छन्। कार्यक्रमका विभिन्न शैक्षिक परामर्श संघ र शिक्षा क्षेत्रका मानिसहरूको बाक्लो सहभागिता रहेको छ ।

Skip This
Skip This
Logo