विदेशी विद्यार्थीहरु नेपालका विश्वविद्यालयमा किताब च्यापेर पढ्न गएको हेर्न मन छः मन्त्री गिरी

विदेशी विद्यार्थीहरु नेपालका विश्वविद्यालयमा किताब च्यापेर पढ्न गएको हेर्न मन छः मन्त्री गिरी

केन्द्रबिन्दु
21
Shares

कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपाली विश्वविद्यालमा विदेशी विद्यार्थीहरुले किताब च्यापेर पढ्न गएको हेर्ने मन भएको बताएका छन् ।

सोमबार नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा मन्त्री गिरीले यस्तो बताएका हुन् । उनले स्कट्ल्याण्ड र स्विट्जरल्याड जस्ता देशका नागरिकहरु पनि नेपालमा आएर पढ्ने वातावरण रहेको तर त्यसका लागि शिक्षाको गुणस्तर सुधारमा आमुल परिवर्तन गर्न आवश्यक रहेको बताए ।

मन्त्री गिरीले नेपाली शैक्षिक परामर्श संस्थाहरुले विद्यार्थीहरुलाई राजनैतिक वेथितीका बीच पनि सहि बाटो देखाउन मद्दत गरेको पनि बताए । उनी भन्छन्- ‘देशमा जुन सरकार आए पनि पार्टीकै कार्यकर्ताहरुले विश्वविद्यालयहरुमा वर्षौ दिन ताला लगाइदिन्छन् । धन्न शैक्षिक परामर्श संस्थाहरु विद्यार्थीहरुलाई बाटो देखाई दिएका छन् ।’

Skip This
Skip This
Logo