कृष्णभीरमा ३ सवारी ठोक्किँदा दुईको मृत्यु, ३२ जना घाइते

कृष्णभीरमा ३ सवारी ठोक्किँदा दुईको मृत्यु, ३२ जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । धादिङको कृष्णभीरमा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा धादिङका श्यामकुमार श्रेष्ठ र अर्का पहिचान खुल्न नसकेकी महिला रहेका छन् ।

काठमाडौंबाट नारायणघाट जाँदै गरेको लु १ ख ९०७९ नम्बरको गाडीसँग नारायणघाटबाट काठमाडौं आउँदै गरेको बा २ ख ४५६७ र बा ३ ख १००४ नम्बरको माइक्रो एकआपसमा ठोक्किन पुगेका थिए । घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Logo