नयाँ इन्धन पम्पका लागि ९३९ आवेदन

नयाँ इन्धन पम्पका लागि ९३९ आवेदन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

इन्धन बिक्रेता (डिलरसीप) प्राप्त गर्न देशभरबाट उत्साहजनक रूपमा आवेदन परेको छ । नेपाल आयल निगमले इन्धन बिक्रेता नियुक्त्त गर्न वैशाख १७ गते ६० दिने (असार १४ सम्म) आवेदन मागेको थियो ।

यस अवधिमा देशभरबाट ९ सय ३९ वटा आवेदन परेको छ। निगमका प्रवत्ता वीरेन्द्र गोइतका अनुसार सबैभन्दा बढी प्रदेश २ बाट आवेदन परेको छ । सबैभन्दा कम कर्णाली प्रदेशबाट जम्मा १६ वटा मात्रै आवेदन दर्ता भएको छ । यस्तै प्रदेश १ का लागि १ सय ८९, प्रदेश ३ का लागि १ सय २१, गण्डकी प्रदेशका लागि २७, प्रदेश ५ का लागि २ सय सात र सुदूरपश्चिमबाट ५२ वटा आवेदन दर्ता गरिएको छ ।

निगमका अनुसार प्रदेश १ का लागि निगमको प्रादेशिक कार्यालय विराटनगर, प्रदेश २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज, प्रदेश ३ का लागि निगमको केन्द्रीय कार्यालय, गण्डकी प्रदेशका लागि प्रादेशिक कार्यालय पोखरा, प्रदेश ५ का लागि प्रादेशिक कार्यालय भलवारी तथा इन्धन डिपो नेपालगञ्ज, कर्णाली प्रदेशका लागि प्रादेशिक कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रादेशिक कार्यालय धनगढीमा आवेदन दिने व्यवस्था थियो।

इन्धन बिक्री गर्ने पम्प सञ्चालनका लागि अनुमति प्रदान गर्न निगमले नयाँ बिक्रेता विनियावली २०७५ तयार पारी कार्यान्वयनमा ल्याएको छ । यही विनियावलीका आधारमा नयाँ पम्पलाई अनुमति प्रदान गर्ने र पुरानोलाई स्तरोन्नति हुने व्यवस्था छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo