गुठी पक्षधरहरुको आज बृहत्त मोटरसाइकल र्‍याली

गुठी पक्षधरहरुको आज बृहत्त मोटरसाइकल र्‍याली

केन्द्रबिन्दु
0
Shares

गुठी विधेयक विरुद्ध आन्दोलनरत बिभिन्न सघसस्थाहरुले आज शनिबार मोटरसाइकल र्‍याली आयोजना गर्दैछ ।

विधेयक खारेजीको मागसहित पहिचान र स्वाभिमानको संरक्षणको लागि राज्यलाई खबरदारी गर्न र्‍याली आयोजना गर्न लागेका हुन्।  न्यूरोड जुद्ध शालिकबाट शुरु गरिने मोटरसाइकल र्‍याली उपत्यकाका विभिन्न स्थान परिक्रमा गर्दै कीर्तिपुरपुरमा पुगेर समापन हुनेछ ।

न्यूरोडबाट जमल, दरवारमार्ग हुँदै कमलपोखरी गौशालाबाट कोटेश्वर, जडिबुटी, सिनामंगल हुँदै पुरानो थिमिबाट व्यासी हुँदै कमलविनायक, च्याम्हासिँह भएर सिद्ध पोखरी पुग्नेछ । त्यसपछि सिद्धपोखरीबाट सल्लाघारी, कोटेश्वर, ग्वार्को हुँदै मंगलबजार, पूल्चोक, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, बल्खुबाट किर्तिपुर पुगेर र्‍याली  सभामा परिणत हुनेछ ।

र्‍याली अहिले ११ बजेबाट शुरु हुँदैछ ।

 

Logo