३१ वर्षपछि दर्शकमाझ पुनः ‘बाजीगर’

३१ वर्षपछि दर्शकमाझ पुनः ‘बाजीगर’

केन्द्रबिन्दु
27
Shares

मुम्बई। अभिनेता शाहरुख खान,अभिनेत्रीद्वय काजोल र शिल्पा शेट्टीको अभिनय रहेको फिल्म ‘बाजीगर’ पुनः रिलिज हुने भएको छ। सन् १९९३ मा रिलिज यो फिल्मले त्यो समयमा बक्सअफिस नै हल्लाइदिएको थियो।

फिल्ममा शाहरुखले नकारात्मक चरित्र निर्वाह गरेका थिए। यो फिल्म अहिले ३१ वर्षपछि पुनः रिलिजको तयारीमा छ। फिल्मकी अभिनेत्री काजोलले आफ्नो इन्स्टाग्राम एकाउण्टमा फिल्मको पोस्टर शेयर गर्दै पुनः रिलिजको जानकारी दिएकी छन्।

‘फ्ल्यासब्याक त्यो समयको, जब फिल्मले स्क्रिनमा जादु छरेको थियो। तपाईं सिनेपोलिसको रेट्रो फिल्म फेस्टिभलमा बलिउडको यो क्लासिक फिल्म ‘बाजीगर’का साथ ती दिनको सम्झना गर्न सक्नुहुन्छ, तपाईंको नजिक रहेको सिनेपोलिस थिएटरमा रिलिज’, इन्स्टाग्राममा काजोलले लेखेकी छन्।

Skip This
Skip This
Logo