जब वर्षा र आकाशको बिछोड भयो (भिडियो)

जब वर्षा र आकाशको बिछोड भयो (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जीवन भोगाइका कथा व्यथा गीतमा समेटिने भएर होला गीतमा मान्छेको जिन्दगी हुन्छ । मान्छेको जिन्दगीमा सुख भन्दा दुख धेरै आउने भएर नै होला, मान्छे दुखलाई बारम्बार सम्झिरहन्छ । भन्ने हो भने भेट्नु र छुट्नु जीवनको रित हो तर बिछोडको पीडाको भुल्न नसेकेर नै होला मान्छेले गीत, कविता, कथाका माध्यमबाट आफ्ना मनका भावना पोखिरहेका हुन्छ्न।

डिजिटल बजारमा सेन्टिमेन्टल भर्सनको ु दिल तोडेर गयौु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर जगदिश समालको रहेको छ भने शब्द सुरेन्द्र थेगिमको रहेको छ । संगीत नारायण सुवेदी ुआभासु को रहेको छ। गीतको म्युजिक एरेन्ज्मेन्ट फणीन्द्र राईले गरेका हुन।

प्रेम बिछोडको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका बर्षा राउत र नायक आकाश श्रेष्ठलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। साथमा मोडेल निराजन प्रधानलाई बर्षाको श्रीमानका रूपमा देखाइएको छ । बुद्ध थापाले खिचेको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन । यो भिडियो निकेश खड्काको निर्देशन गरेका हुन् ।

Logo