काठमाडौं ।
आज (शुक्रबार) र भाेलि शनिबार काठमाडौंका केही ठाउँमा करिब तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्रधिकरणले जनाए अनुसार बालाजु औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जाने भएकाे हाे।
बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत अवरूद्ध गर्न लागेको प्राधिकरणले जनाएको छ।
शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म र शनिबार दिउसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुने बताइएकाे छ।
निर्धारित समय अघि नै काम सम्पन्न भएमा छिटो लाइन सुचारू हुन सक्ने पनि प्राधिकरणले जानकारी दिएको छ।





























प्रतिक्रिया