स्पोर्ट्स अवार्ड: कुन कुन विधामा को को मनोनित ?

स्पोर्ट्स अवार्ड: कुन कुन विधामा को को मनोनित ?

केन्द्रबिन्दु
0
Shares

नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको अन्तिम मनोनयन सार्वजनिक गरेको छ।

नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डका लागि खेलाडीहरुको मनोनयन सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको सूची अनुसार वर्ष पुरुष खेलाडीमा क्रिकेटका पारस खड्का र सोमपाल कामी, प्याराग्लाइडिंङ्गका युकेश गुरुङ, जुडोका इन्द्र बहादुर श्रेष्ठ, गल्फका शुक्र बहादुर राई रहेका छन्।

त्यस्तै बर्ष महिला खेलाडीमा फुटबलकी सावित्रा भणडरी , भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सिता राना मगर, तेक्वानदोकी निमा गुरुङ र जुडोकी मनिता श्रेष्ठ (प्रधान) मनोनयनमा परेका छन् ।

त्यस्तै उत्कृष्ट युवा खेलाडीमा एथ्लेटिक्सका अजित कुमार यादव, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलका मन्जली कुमार योञ्जन, क्रिकेटका ललितनारायण राजबंशी र करांतेका विजय श्रेष्ठ रहेका छन्।

त्यसै गरि पिपल्स च्वाइस अवार्ड अन्तर्गत क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा परेका छन्।

त्यस्तै गरि वर्ष २०७५ साल भर गरेको उत्कृष्ट प्रशिक्षणका प्रदर्शनका आधारमा प्रशिक्षकको लागि मनोनयन गरिएको छ। जसमा प्याराग्लाइडिंङ्गका योगेश भट्टराई, फुटबलका हरि खड्का, एथलेटिकका धनीराम चौधरी, क्रिकेटका जगत टमटा र भलिबलका ज्ञानेन्द्र बिष्ट रहेका छन्।

त्यस्तै यसपटक एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि अवार्ड प्रदान गरिने भएको छ ।

Logo