सुनको भाउले फेरि नयाँ रेकर्ड बनायो

सुनको भाउले फेरि नयाँ रेकर्ड बनायो

केन्द्रबिन्दु
0
Shares

सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए।

गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस ३० डलरले बढेको छ । सोमबार प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो ।

चाँदीको भाउ भने तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

Skip This
Skip This
Logo