इरानमाथि अमेरिकाको कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको कडा प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि कडा प्रतिबन्ध लगाउने भएको छ ।

सैन्य आक्रमण गर्ने आदेश फिर्ता लिएको भए पनि सोमवार उनले इरानमाथि थप कडा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । अमेरिकी क्षेत्रमा इरानका सर्वोच्च नेता आयातोल्लाह खोमेनी तथा अन्य अधिकारीले बैंकिङ सुविधा लिन नपाउने भएका हुन् ।

केही दिनअघि इरानले अमेरिकी ड्रोन आफ्नो इलाकामा पसेको भन्दै खसाइदिएको थियो । त्यसपछि ट्रम्पले जवाफी कारवाहीको आदेश दिएका थिए तर १५० जनाको ज्यान जाने देखेपछि आदेश फिर्ता लिएको बताएका थिए ।

सोमवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, ‘हामी इरान वा अन्य कुनै देशसँग संघर्ष चाहँदैनौं । तर, हामी इरानलाई आणविक हतियार बनाउन दिँदैनौं ।’ एजेन्सी

Logo