रुपन्देहीको गैडहवा गाउँपालिकामा दुई जना युवतीमाथि सामूहिक बलात्कार भएको छ।
दुई युवतीलाई १२ युवाहरुले बलात्कार गरेका हुन्। २१ र २२ वर्षीया ती युवतीहरुमाथि नाटकीय शैलीले बलात्कार भएको हो।
दुई युवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खानका लागि बोलाएका थिए । बेलुका खाजा खाएर फर्किँदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबर्जस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन् । भागेकी युवतीलाई हसनापुर गाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत जीवन ज्ञवालीसहित चार जनाले बलात्कार गरेका हुन् ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।































प्रतिक्रिया