फिल्म ‘कबीर सिंह’ ले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । शाहिद कपूर र कियारा आडवानीको लिड रोल रहेको छ । शाहिद कपूरको मुख्य भुमिका रहेको फिल्ममा कियाराको धेरै डायलग छैन् । उनको निर्दोष अनुहार, साधारण केटीको भुमिकाले दर्शकको मन जितिरहेको छ ।
कियारा आडवानीले हालै एक सोमा सेम जेन्डर रिलेसनसिप बारेमा खुलासा गरिन् । सेम जेन्डर रिलेसनसिपमा अभिनेत्री दिपिका पादुकोणसँग रहन चाहन्छिन् । उनलाई दिपिका एकदमै राम्रो लाग्छ । बोल्ड एण्ड ब्युटी । दिपिका बलिउडका टप अभिनेत्रीमा पर्छिन् ।
कियाराले एक्स रिलेसनसिपको बारेमा पनि बताइन् । उन सिर्फ एकपटक मात्र प्रेममा परेकी छिन् । लामो समयसम्म रिलेसनमा रहेको उनीहरु बच्चै देखिको साथी हुन् । धेरै अलग रिलेसन रहको बताउने उनीहरु अझै पनि राम्रो साथी हुन् । साथै हरेक कुरा सेयर गर्ने पनि बताइन् ।
उता शाहिद कपूरलाई आफ्नो फिल्मी करियरबाट कुनै एक फिल्म हटाउनुपरेमा कुन फिल्म रोज्नुहुन्छ भन्ने प्रश्न सोधेका थिए । शाहिदले केहि नसोची ‘शानदार’ बताएका थिए । बिकास बहलले निर्देशन गरेको फिल्म शानदार फ्लप भएको थियो । शानदान फिल्म कियारालाई मननपर्ने बताएकी थिइन । शाहिद पनि सहमत भए ।
कियारा अडबानीले बलिउड फिल्म ‘फगली’ बाट डेब्यु गरेका थिए । उनले ‘एमएस धोनी’ मा धोनीको पत्नी साक्षी धोनीको भुमिकामा देखिएकी थिइन् । उनले तेलगु फिल्ममा पनि काम गरिसकेकी छिन् ।
उनी गैर फिल्मी परिवारबाट भएकोले उनको बुबा फिल्ममा करियर बनाएको हेर्न चाहदैन थिए । फिल्म ‘थ्री इडियटस्’ हेरेपछि कियारालाई फिल्ममा खेल्ने अनुमति दिएका थिए ।































प्रतिक्रिया