कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ।

शुक्रबार सर्वोच्च अदालतले गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएसँगै निलम्बन फुकुवा गरिएको हो। न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले निलम्बन फुकुवा गर्न आदेश दिएको हो।

भ्रष्टाचार मुद्दामा जरिवाना मात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए। भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट उनी दोषी ठहर भएका थिए।

मनाङबाट निर्वाचित गुरुङलाई गत पुस १२ गते संसद सचिवालयले निलम्बन गरेको थियो।

Skip This
Skip This
Logo