पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

चितवन,
गएरातीदेखि परेको वर्षासँगै पहिरो गएकाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको जलविरेमा आज बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेका हुन् ।

गाडी नचलेपछि यात्रुहरु बाटोमै अलपत्र छन् । पहिरो पन्छाउने प्रयास भइरहेको बताइएको छ । विगत वर्षहरुमा जस्तै वर्षा याम शुरु भएकाले यहाँ वर्षेनी यसरी नै पहिरो जाने गरेको छ । उता रसुवाको स्याफ्रुवेसी खण्डमा पनि पहिरो गएकाले सो सडक पनि अहिले बन्द छ ।

Logo