लोकसेवा विज्ञापन समयावधि एक हप्ता थप

लोकसेवा विज्ञापन समयावधि एक हप्ता थप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

अनलाइन आवेदनमा समस्या उत्पन्न भई आवेदन दर्ता हुन नपाएको गुनासो परेपछि लोकसेवा आयोगले आवेदनको समयावधि थप गरेको छ ।

आयोगले गत १५ जेठमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आग्रहमा स्थानीय तहका लागि ९ हजार १६१ को संख्यामा विज्ञापन आह्वान गरेको थियो । आयोगले प्रकाशन गरेको सूचना अनुसार आवेदन दिने अन्तिम दिन ३ असारको मध्यान्ह १२ बजे सम्म रहेको थियो ।

तर, केही दिनदेखि अनलाइन आवेदन दर्तामा समस्या देखिँदै आएको आवेदक बताउँछन् । समस्या उत्पन्न भएकोबारे विभिन्न माध्यमबाट उजुरी परेपछि यससम्बन्धमा आयोगले जाँचबुझ गरेको थियो । यसक्रममा केन्द्रीय सर्भर (जीआईडीसी) मा समस्या उत्पन्न भएको देखिन आएकाले आयोगले समयावधि थप गरिएको जनाएको छ ।

मंगलबार आयोगले सूचना जारी गदै एक हप्ताको समयावधि थप गरिएको जनाएको छ । यससँगै आवेदकले १० असारको राति १२ बजेसम्म आवेदन दर्ता गर्न सक्नेछन् । यसपश्चात् दोहोरो शुल्क तिरेर १७ असारसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । आवेदनमा प्राविधिक समस्याका बाबजुद आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा झन्डै १ लाख ८० हजार आवेदन परेको छ । आयोगका अनुसार बुधबार ५ बजेसम्ममा १ लाख ७९ हजार ७०२ आवेदन परेका छन् ।
राजधानीबाट

Skip This
Skip This
Logo