काठमाडौं महानगरमा दुई वटा ब्रुमर थपिए

काठमाडौं महानगरमा दुई वटा ब्रुमर थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

काठमाडौं महानगरपालिकाले युरो ५ मापदण्डका थप दुईवटा ब्रुमर भित्र्याएको छ । महानगरले चीनको छेङदु नगरबाट भन्सारबाहेक २ करोड २७ लाख ३७२ लागतमा नयाँ ब्रुमर ल्याएको हो ।

अहिले ल्याइएका ब्रुमरमा दुईओटा इन्जिन छन् र यसको लम्बाइ ८ दशमलव ६ मिटर तथा चौडाइ ३ दशमलव ५ मिटर छ । ब्रुमरको तौल १५ दशमलव ८ मेट्रिक टन छ । महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ११८ किलोबाट इन्जिन क्षमता भएका ती ब्रुमरमा ७ घनमिटरको धूलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ ।

यसले शुरूमा पानी छर्केर धूलो उडाई त्यसपश्चात अन्य फोहोर तान्ने डंगोलले बताए । यसले एक घण्टामा सडकको अवस्था हेरी ३ देखि २० किलोमिटरसम्मको सडक सफा गर्न सक्ने बताइएको छ ।

Skip This
Skip This
Logo