बारा,
फेटा गाउँपालिकाको भलुही भरवलियाका हुरी पीडितहरुले घर निर्माणको सूचीमा नाम छुटेपछि सोमबार फेटा गाउँपालिका कार्यालय घेराउ गरेका छन् । हुरी पीडितहरुले गाउँपालिकाको कार्यालय घेराउ गर्ने क्रममा गाउँपालिका अध्यक्षका समर्थकसँग झडप भएको थियो ।
झडपमा परि श्री प्रसाद बैठाको टाउकोमा चोट लागेको छ भने कार्यालयका फर्निचरसमेत तोडफोड गरेको बारा प्रहरीले जनाएको छ । बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले घर निर्माणमा नाम छुटेका भरवलियाका हुरी पीडितहरुले फेटा गाउँपालिका कार्यालय घेराउ गर्न पुग्दा सामान्य विवाद भएको बताए ।
हुरीबाट क्षति भएको घर निर्माण हुन नदिनको लागि वडाध्यक्ष र गाउँपालिका अध्यक्षले चलखेल गरेर धेरै पीडितहरुको नाम छुटाएका भरवलियाका बैजनाथ प्रसादले बताए । उनले गाउँपालिका प्रमुख र वडाध्यक्ष नजिकका व्यक्तिहरुको घर निर्माण सेनाले गरेपनि अन्यहरुको घर निर्माण कार्य रोकिएको बताए ।
गएको चैत्र १७ गते आएको हावाहुरीमा परि भलुही भरवलियाका चार सय जति घरहरु क्षति भएको फेटा गाउँपालिकाले जनाएको छ । तर पीडित मध्ये ५५६ जनाको नाम छुटाएकोले आन्दोलन गर्नु परेको पीडितहरुले बताएका छन् । फेटा गाउँपालिका प्रमुख अमिरीलाल प्रसाद साहले बाराका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले भलुही भरवलियाका हुरी पीडितहरुको निर्माण हुने घर कटौती गरेको आरोप लगाए ।
नागरिकबाट































प्रतिक्रिया