हतियार सहित नेपाल पसेका चार भारतीय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा

हतियार सहित नेपाल पसेका चार भारतीय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

अछाम जिल्लाको बान्नेगढी गाउँपालिका ४ मा हतियारसहित नेपाल आएका चार जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय किशोरीलाई भगाएर ल्याएको र किशोरी भगाउने नेपाली केटालाई पक्राउ गर्न आएका चार भारतीय प्रहरीलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पक्राउ गरिएको हो । पूर्व गृहमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य भीम रावल गृहजिल्लामै रहेका बेला भारतीय प्रहरी गाउँ पसेको र नेपालीलाई पक्राउ गरेर लैजान लागेको थाहपाएपछि उनले गृहसचिव प्रेमकुमार राईलाई फोन गरेर कसको अनुमतिले भारतीय प्रहरी बर्दीसहित नेपाल आएको भनेर सोधेका थिए ।

नेपालमा अपराधी लुकेर बसेको भए उसलाई लैजाने कानुनी प्रकृया हुन्छ तर बर्दीसहित नेपाल आएर घरबाटै थुतेर लाने कानुनी नीति छैन उनीहरु किन कसरी नेपाल आए त्यसको जवाफ चाहियो, भनेर पूर्व गृहमन्त्री रावलले गृहसचिव राईसँग जिज्ञासा राखेपछि गृहसचिव राईले अछामका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर भारतीय प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

त्यसपछि नेपाल प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सदरमुकाम लगेको थियो । १५ वर्षीय किशोरीलाई भगाएर ल्याएको निहुँमा भारतीय प्रहरी नेपाली भूमिमा आएको अछाम जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

‘विना अनुमति भारतीय प्रहरीलाई नेपाल आउने अधिकार छैन, नेपालमा अपराधी लुकेको भए त्यसलाई लैजाने कानुनी प्रकृया छ इन्टरपोल मार्फत खबर गरेपछि नेपाल प्रहरीले त्यसलाई खोजवीन गर्छ तर नेपालमा खुलेआम भारतीय प्रहरी किन आउँछन’, पूर्वमन्त्री रावलले भने ‘मैले यो विषयमा गृहसचिव र अछामको सिडियोसँग जानकारी मागेको थिएँ तर उहाँहरुले यसबारे जवाफ दिनु भएन र भारतीय प्रहरीलाई पक्राउ गर्नुभएको छ।’
नागरिकबाट

Skip This
Skip This
Logo