सञ्जय दत्तलाई डाँकाले काखमा राखेपछि…

सञ्जय दत्तलाई डाँकाले काखमा राखेपछि…

केन्द्रबिन्दु
33
Shares

मुम्बई। बलिउड अभिनेता सञ्जय दत्त केही न केही कुराका कारण चर्चामा आइरहन्छन्। कुनै समय उनी विवादमा आइरहन्थे। यिनै विवाद र चर्चामा आइरहने सञ्जय एक समय अपहरणबाट जोगिएका थिए।

सन् १९६० को दशकमा सञ्जय पिता सुनीलको फिल्म ‘मुझे जिने दो’को सुटिङ सेटमा थिए। केही महिना अघि कपिल शर्माको शोमा आएका सञ्जयले आफूलाई डाँकाले अपहरणको कोशिस गरेको खुलासा गरेका थिए।

सञ्जयका अनुसार त्यो बेला रुपा डाँकुको आतंक थियो। तिनै डाँकु फिल्मको सेटमा पुगेका थिए। ‘म त्यो समय बच्चा नै थिएँ। मेरो बुवा ‘जिने दो’को सुटिङ गरिरहनुभएको थियो। उनीहरु आए र मलाई काखमा बसाए। उनीहरुले मेरो बुवालाई ‘फिल्म बनाउन कति पैसा खर्च भयो?’ भनी सोधें। बुवाले उनीहरुलाई ‘१५ लाख’ जवाफ दिनुभयो’,सञ्जयले भनेका छन्।

सञ्जयका अनुसार डाँकाले सुनीललाई धम्क्याँएका पनि थिए। ‘उनीहरुले मलाई काखमा राखेर बुवालाई ‘यदि हामीले यो बच्चालाई अपहरण गर्यौं भने तपाईं कति पैसा दिनुहुन्छ?’ भनी सोधेका थिए। यो कुरा सुन्नासाथ बुवा डराउनुभयो र तत्कालै सुटिङ रद्द गरेर आमा र मलाई मुम्बई पठाउनुभयो’, सञ्जयले भनेका छन्।

Skip This
Skip This
Logo