राष्ट्रिय सभा उपाध्यक्षमा एकीकृत समाजवादीले सत्ता गठबन्धनमै मतदान गर्ने

राष्ट्रिय सभा उपाध्यक्षमा एकीकृत समाजवादीले सत्ता गठबन्धनमै मतदान गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एकीकृत समाजवादीले अन्तत: सत्ता गठबन्धनकै उम्मेद्‍वारलाई मतदान गर्ने भएको छ।

आज(बुधबार) हुने लागेको मतदानमा एकीकृत समाजवादीले सत्ता गठबन्धनको तर्फबाट एमालेकी उम्मेद्‍वार विमला घिमिरेलाई मतदान गर्ने भएको हो।

आज बिहानसम्म कुनै टुङ्गो नलगाएको एकीकृत समाजवादीले आफू सत्ता गठबन्धनमा भएको हुँदा सत्ता गठबन्धनकै उम्मेद्‍वारलाई मतदान गर्ने भएको हो।

राष्ट्रिय सभाको उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको तर पार्टीले सो पद नपाएपछि एमाले उम्मेदवारलाई नै मत हाल्ने निर्णयमा पुग्न बाध्य भएको हो।

घिमिरेको प्रतिस्पर्धीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी उम्मेद्‍वार रहेकी छिन्।

मतदान आज १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा हुनेछ।

Skip This
Skip This
Logo