गुठी विधेयकलाई फिर्ता गराउन संघर्ष समिति गठन गरिएको छ।
सरकारमाथि दबाब सिर्जना गर्न विभिन्न गुठीहरुले राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति गठन गरेका हुन् ।समितिको संयोजकमा गणपतीलाल श्रेष्ठ चुनिएका छन् । ८० भन्दा बढी गुठीसँग सम्बिन्धत संस्थाहरु उक्त समितिमा सहभागि छन्।
श्रेष्ठले सरकारले आफुहरुसंग सल्लाहसमेत नगरी मनपरी ढंगले बिधेयक ल्याएकाले बिरोध गर्नु परेको बताए । उनले शान्तिपूर्ण आन्दोलन दबाउन सरकारले बल प्रयोग गरेको भन्दै अब कडारुपमा उत्रने चेतावनी दिएका छन् ।





























प्रतिक्रिया