बाल मनोविज्ञानमा फिल्म ‘सारंग’ घोषणा

बाल मनोविज्ञानमा फिल्म ‘सारंग’ घोषणा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाडलको कथामा फिल्म ‘सारंग’ फिल्म निर्माण हुने भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमबीच फिल्मको घोषणा गरिएकाे हाे।

कोरियोग्राफरको रुपमा परिचित निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, सुमन सागरजंग केसी तथा बाल कलाकारद्वय सम्राट थापा र आदित्य कार्कीको अभिनय रहनेछ।

कार्यक्रममा कान्जिरोवा नेसनल स्कुलका प्रिन्सिपल रञ्जीत थापाले ‘सारंग’ ले आम मानिसमा मनोरञ्जनसँगै यथेष्ट सूचना प्रदान गर्ने विश्वास व्यक्त गरे।

निर्देशक प्रशान्तले आफूले समाज, घरपरिवारमा देखि भोगी आएका विषयलाई पर्दामा उतार्न लागेको बताए। फिल्म आइतबार अर्थात वैशाख २ गतेबाट फ्लोरमा जानेछ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको डिओपी गोपाल राय छन्। मित्रध्वज गुरुङले सम्पादन गर्ने फिल्मका गीत डिपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’ को छ। फिल्म बाल दिवसको अवसर पारेर सार्वजनिक प्रदर्शन गरिनेछ।

Skip This
Skip This
Logo