राष्ट्रिय सभामा सिफारिस हुनुभन्दा अगाडि शाक्यलाई ओलीले लगेका थिए सिंहदरबार

राष्ट्रिय सभामा सिफारिस हुनुभन्दा अगाडि शाक्यलाई ओलीले लगेका थिए सिंहदरबार

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । आज(शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा डा अञ्जना शाक्यलाई नियुक्त गर्ने सिफारिस गरेको छ।

पूर्वराजदूतसमेत रहेकी शाक्यलाई सत्ता गठबन्धनको प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा लगेका थिए।

मन्त्रिपरिषद् बैठक बस्नु अगाडि नै अध्यक्ष ओलीले शाक्यलाई प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गराएका थिए। त्यसपछि मात्रै प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले लामो छलफल गरेका थिए।

एमाले नेता अजयक्रान्ति शाक्यका पत्नी रहेकी अञ्जना यसअगाडि इजरायलका लागि नेपालका राजदूतसमेत रहिसेककी छिन्।

व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी शाक्य गायिका पनि हुन्। उनको ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा मलाई छ प्यारो सधैं आफूभन्दा’ गीत चर्चित रहेको छ।

Skip This
Skip This
Logo