गृहमन्त्री लामिछानेको नयाँ वर्ष सुरूवात सडकमा मिठाई बाँड्दै [तस्बिरसहित]

गृहमन्त्री लामिछानेको नयाँ वर्ष सुरूवात सडकमा मिठाई बाँड्दै [तस्बिरसहित]

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नयाँ वर्षको सुरूवात सडकमा मिठाइ बाडेर गरेका छन्।

उनले नयाँ वर्ष २०८१ को सुरूवात सडकमा खटिएका प्रहरीसँग शुभकामना आदानप्रदान मिठाइ बाड्दै गरेका हुन्।

आज(शनिबार) बिहान थापाथली चोक पुगेर गृहमन्त्री लामिछानेले सडकमा ड्युटी गरिरहेका प्रहरीलाई मिठाइ बाडेका हुन्। उनले सडकमा खटिएका ट्राफिक प्रहरीलाई हौसला प्रदान गर्दै नयाँ वर्षको शुभकामनासमेत दिए।

त्यस्तै, उनले सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारी चालक र यात्रुलाई समेत नयाँ वर्षको शुभकामना दिँदै मिठाइ बाढेका थिए।

Logo