केएमसी कलेज बागबजारकाे ‘केएमसी प्रिन्सिपल लिस्ट अवार्ड’ कार्यक्रम सम्पन्न

केएमसी कलेज बागबजारकाे ‘केएमसी प्रिन्सिपल लिस्ट अवार्ड’ कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
24
Shares

काठमाडौंको बागबजारमा रहेको काठमाडौं मोडल कलेज (केएमसी)काे ‘केएमसी प्रिन्सिपल लिस्ट अवार्ड’ कार्यक्रम सम्पन्न भएकाे छ ।

शुक्रबार केएमसीद्वारा आयाेजित एक विशेष समारोहकाबीच कक्षा १२ को बोर्ड परीक्षा पर्खिरहेका विद्यार्थीहरुमध्ये सर्वोत्कृष्ट १०० विद्यार्थीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । साथै भूपु विद्यार्थीहरुलाई समेत कलेजले प्रमाणपत्रसहित सम्मान गरेकाे थियो।

यो अवार्ड कार्यक्रम कलेजले विगत ३ वर्षअघिदेखि सञ्चालन गर्दै आएकाे छ ।

केएमसी कलेजले प्रत्येक वर्ष आफ्नो विद्यार्थीहरुमध्ये सर्वोत्कृष्ट हुने १०० विद्यार्थीहरुलाई छानेर यो अवार्ड दिने गरेको कलेजका कोअर्डिनेटर मनोज सुवेदीले बताए । उनले यो अवार्ड वितरणपछि विद्यार्थीहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको पनि बताए । यो अवार्ड प्राप्त गरेका विद्यार्थीहरुले भविष्यमा पनि अझै प्रगति गर्दै गएको हेर्ने इच्छा केएमसी कलेजको रहेको उनकाे भनाई थियाे ।

आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यकाभित्र रहेका कलेजमध्ये अब्बल दर्जाको कलेज हो ।

Skip This
Skip This
Logo