अर्बपति विनोद चौधरीको जन्मदिनमा हिरोको एसेम्बली प्लान्ट घोषणा

अर्बपति विनोद चौधरीको जन्मदिनमा हिरोको एसेम्बली प्लान्ट घोषणा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । अर्बपति विनोद चौधरीको जन्मदिनको अवसर पार्दै हिरोको एसेम्बली प्लान्ट घोषणा गरिएको छ।

हिरोको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सको एसेम्बल प्लान्ट नवलपरासीमा सुरुवात गरिएको हो।

सीजी मोटर्सले चौधरी ग्रुपका अध्यक्षसमेत रहेका अर्बपति चौधरीको जन्मदिनको अवसरमा सीजी फ्युचर फ्याक्ट्रीको सुरुवात गरेको बताइएको छ। विनोद चौधरीका छोरा तथा सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्।

नवलपरासीमा रहेको सीजी इन्डष्ट्रियलको ४ बिघा, १६ कट्ठा, १० धुर जग्गामा हिरोका मोटरसाइकल र स्कुटर एसेम्बल गरिने बताइएको छ।

वार्षिक ३० हजार मोटरसाइकल र स्कुटर उत्पादन गरिने र १ सय ६५ जनाले रोजगारी पाउने बताइएको छ।

केही समय पहिले मात्र हिरोको आधिकारिक बिक्रेता ज्योति समूहबाट चौधरी ग्रुपको सीजी मोटर्सले लिएको थियो।

Logo