स्मिथ एण्ड स्मिथमार्फत रेमिट्यान्स पठाउँदा हप्तैपिछे १० हजार र बम्परमा १ लाख जित्ने मौका

स्मिथ एण्ड स्मिथमार्फत रेमिट्यान्स पठाउँदा हप्तैपिछे १० हजार र बम्परमा १ लाख जित्ने मौका

केन्द्रबिन्दु
12
Shares

डिजिटल प्रविधिमार्फत सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्राउँदै आएको ई-सेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक अफर सार्वजनिक गरेकाे छ ।

यस अफरअन्तर्गत रोमानियाको पहिलो मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाए हप्तैपिछे १० हजार रुपैयाँ र बम्परमा एक जनाले १ लाख रुपैयाँ जित्ने मौका पाउने भएका हुन् ।

यो अफर १५ जुलाई २०२४ सम्म मान्य हुनेछ ।

साे अवसरमा ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, “ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता छौं । स्मिथ एण्ड स्मिथको साझेदारीमा यो योजना सुचारू भए सँगै अब राेमानिया बस्दै गर्नुभएको नेपालीहरुले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रुपमा नेपाल पैसा पठाई अफरको फाईदा लिन सक्नुहुनेछ।”

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा रेमिट्यान्स रकम भित्र्याउँदै आएको छ । कम्पनीले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

Skip This
Skip This
Logo