सुदूरपश्चिमकी सांसद इन्दिरालाई सांसदबाट नहटाउन सर्वोच्चको आदेश

सुदूरपश्चिमकी सांसद इन्दिरालाई सांसदबाट नहटाउन सर्वोच्चको आदेश

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाकी सांसद इन्दिरा गिरीलाई सांसदबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

नागरिक उन्मुक्ति पार्टी(नाउपा)बाट सुदूरपश्चिम प्रदेश सभा सांसद रहेकी गिरीलाई केही दिन अगाडि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सांसद पदबाट हटाएकी थिइन्।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गिरीलाई सांसदबाट नहटाउन अन्तरिम आदेश दिएको हो।

पार्टी अध्यक्ष रञ्जिताको उक्त कदमविरूद्ध गिरीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

Logo