प्रतिनिधिसभाका विषयगत समिति सभापतिले प्रयोग गर्दै आएका सेवासुविधा फिर्ता गर्न आग्रह

प्रतिनिधिसभाका विषयगत समिति सभापतिले प्रयोग गर्दै आएका सेवासुविधा फिर्ता गर्न आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिका सभापतिले प्रयोग गर्दै आएका सवारी साधनसहित अन्य सुविधा फिर्ता गर्न पूर्वविषयगत समितिका सभापतिहरुलाई अनुरोध गरेको छ ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएको र विषयगत समितिका सभापतिहरुको सुविधा पनि खोसिएको भन्दै सचिवालयले यस्तो आग्रह गरेको हो ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको आइतबार ४२ दिन पुगेको छ । प्रतिनिधिसभा विघटनसँगै प्रतिनिधिसभाका सदस्य (सांसद) हरुको सांसदका हैसियतले सरकारले उपलब्ध गराउँदै आएका सेवा सुविधा पनि खोसिएका छन् । तर प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिका सभापति मध्ये ९ जना सभापतिहरुले अझै पनि सभापति भए वापत सरकारले उपलब्ध गराएको सवारी साधन प्रयोग गरिरहेकाले फिर्ता गर्न सचिवालले प्रेस विज्ञप्ति जारी गरेको छ ।

Logo