काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबीबीएस) चौंथो वर्ष अध्ययनरत २४ वर्षिय शिशिर खनाल मृत फेला परेका छन् ।
गत जेठ १७ गतेदेखि हराइरहेका खनाल शनिवार अपराह्न कीर्तिपुरस्थित पुष्पलाल पार्क नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका हुन् ।
खनालको मोटरसाइकल १७ गते कीर्तिपुरस्थित पुष्पलाल पार्कमा वेवारिसे अवस्थामा फेला परेको थियो । त्यसपछि प्रहरीले सोही आसपास खोजीकार्य थालेको थियो। घटनाबारे अनुसन्धान भैरहेकाले हत्या वा आत्महत्या अहिले नै भन्न नसकिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए ।





























प्रतिक्रिया