सुदूरपश्चिम: नाउपाका दुवै उम्मेद्‍वारको दाबी अस्वीकृत, पुन: दाबी पेस गर्न आह्वान

सुदूरपश्चिम: नाउपाका दुवै उम्मेद्‍वारको दाबी अस्वीकृत, पुन: दाबी पेस गर्न आह्वान

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुन दाबी पेस गरेका नागरिक उन्मुक्ति पार्टी(नाउपा)का दुवै उम्मेद्‍वारको दाबी अस्वीकृत भएको छ।

मंगलबार प्रदेश प्रमुख नजिर मियाँले नाउपाबाट मुख्यमन्त्रीको दाबी पेस गरेका लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीको दाबी अस्वीकृत गरेका हुन्।

यस्तै, प्रदेश प्रमुख मियाँले फेरि दुई दिनको समय थपेर मुख्यमन्त्रीका लागि बहुमत दाबी पेश गर्न आह्वान गरेका छन्।

केन्द्रमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमती भएसँगै प्रदेश प्रमुख मियाँ फरक एक्सनमा उत्रिएका हुन्।

योसँगै सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीका दीर्घ सोडारी बन्ने पक्कापक्की भइसकेको छ।

Skip This
Skip This
Logo