वीरगन्ज,
मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट मात्रै ९४ अर्ब भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । चालू आर्थिक वर्षको जेठ १५ गतेसम्ममा वीरगन्ज नाकाबाट ९४ अर्ब २१ करोड ४८ लाख ७६ हजार रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको हो।
वीरगन्ज भन्सार नाकाबाट डिजेल, पेट्रोल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात हुँदै आएको छ । चालू आर्थिक वर्षमा गत आर्थिक वर्ष २०७४/०७५ को सोही अवधिमा भन्दा २५ अर्ब ४ करोड १९ लाख ६० हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ वढी आयात भएको हो ।
वीरगन्ज भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार वैशाखसम्ममा ६९ अर्ब १७ करोड २९ लाख १६ हजार रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगन्ज भन्सार कार्यालय हुँदै आयात हुने प्रमुख २० मालवस्तुमा स्थान ओगट्न सफल पेट्रोलियम पदार्थबाट राजस्व पनि राम्रो उठ्ने गरेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा पेट्रोलियम पदार्थबाट मात्रै कार्यालयले २६ अर्ब ८३ करोड ३४ लाख ८८ हजार रुपियाँ राजस्व संकलन गरेको छ । जुन गत वर्षको तुलनामा ४ अर्ब ९३ करोड ९३ लाख ५२ हजारले बढी हो ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया