एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत आज (शुक्रबार) पाकिस्तान र श्रीलंका खेल्ने भएका छन् । पाकिस्तान र श्रीलंका दुवै टिम जितको खोजीमा हुनेछन् ।
श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित हुँदा पाकिस्तान वेष्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । पाकिस्तानले बलियो टिम मानिएको इंग्ल्यान्डलाई १४ रनले पराजित गर्दा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गरेको थियो । पाकिस्तानले पछिल्लो ११ एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित निकालेको हो ।
श्रीलंका टिम
दिमुथ करुनरत्ने (कप्तान), धनञ्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।
पाकिस्तान टिम
सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।
यो खेल इंग्ल्याण्डको ब्रिस्टोल काउन्टी मैदानमा नेपाली समयअनुसार शुक्रबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।





























प्रतिक्रिया