सेयर बजार दोहोरो अंकले घट्यो, कारोबारमा लगातार गिरावट

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबारमा लगातार गिरावट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेको सेयर बजार कारोबारमा साताको अन्तिम कारोबार दिन पनि सुधार आएन। बिहीबार बजार परिसूचक १९.५६ अंकले घट्दै १९७२.१४ विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि लगातार घटेको छ।

५३ लाख ४४ हजार ६१३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९ करोड ३६ लाख रुपैयाँ छ। यसअघि गत मंगलबार बजार १४.८१ अंकले घटेर नेप्से परिसूचक १९९१.७१ विन्दुमा रह्ँदा कारोबार रकम २ अर्ब १० करोड ३० लाख रुपैयाँ थियो।

सोमबार २ अर्ब ७९ करोड ७५ लाख र आइतबार बजार कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँ थियो।
१३ उपसमूहमा आज पनि सबै घट्दा परिसूचकसँगै कारोबार रकम घटेको हो। लघुवित्त, उत्पादन तथा प्रशोधन, विकास बैंक उपसमूह अधिक घटेका छन्।

कारोबारमा आएका कम्पनीमध्ये २ सय ११ वटाको सेयरमूल्य घट्दा लगानीकर्ता नोक्सानमा छन्। २७ कम्पनीको सेयरमूल्य बढ्यो भने ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

खानीखोला हाइड्रोपावर, पोखरा फाइनान्स, एनआइसी एसिया ग्रोथ फण्ड–२, मध्य भोटेकोसी जलविद्युत, पिपुल्स पावरलगायत बढेकाको सूचीमा छन्। सर्किटस्तरमा बढ्ने कम्पनी भने छैनन्।

सर्वाधिक कारोबार हुने सेयर गोर्खाज फाइनान्सको रह्यो। उक्त फाइनान्सको १७ करोड ८२ लाख रुपैयाको सेयर किनबेच भएको छ। यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५ लाख, पोखरा फाइनान्सको ७ करोड ३७ लाख र शिवम् सिमेन्टको ५ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

सेयरमूल्य घटेका कम्पनीमा रुरु जलविद्युत परियोजना यो साता दोस्रो पटक परेको छ। गोर्खाज फाइनान्सको पनि घटेको छ।

Skip This
Skip This
Logo