एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्‍मा सभापति देउवालाई अतिथिको निम्तो

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्‍मा सभापति देउवालाई अतिथिको निम्तो

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अतिथिको निम्तो दिएको छ।

नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा एमालेद्वारा बैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित् सनराइज हलमा भोलि(शनिबार)बाट सुरू हुने समारोहमा सभापति देउवालाई अतिथिकाका रुपमा उपस्थितिका लागि निम्तो दिइएको एमाले सचिवालयले जनाएको छ।

एमाले सचिव योगेश भट्टराईसहित बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला, पार्टीका बुढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल र वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ निम्तो दिन देउवा निवासमा पुगेका थिए।

Skip This
Skip This
Logo