सर्टिफिकेट धितो राखेर ऋण खोज्नेहरु भेटिएन- अर्थमन्त्री

सर्टिफिकेट धितो राखेर ऋण खोज्नेहरु भेटिएन- अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन युवाहरु उत्सुक नदेखिएको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकार ऋण दिन तयार भए पनि ऋण लिनेहरु तयार नभएको बताएका हुन् । उनले भने , ‘हामीले सुहलियतमा ऋण दिने भनेकै हो, दिनेहरु तयार छन् तर लिन तयार भएनन, ऋण लिन्छु भन्दा बैंकले दिएनन भने गुनासो सुनुवाइ हुन्छ तर हामीसँग गुनासो आएको छैन’।

सांसदहरुले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण लिने योजना प्रभावकारी नभएको बताएका थिए ।

चालु आर्थिक वर्षको बजेटमा उच्च शिक्षा हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाइएको थियो ।

Skip This
Skip This
Logo