प्रचण्डको पीएसओ फेरिए, सुरक्षामा दुई डीएसपीसहित ५९ सुरक्षाकर्मी

प्रचण्डको पीएसओ फेरिए, सुरक्षामा दुई डीएसपीसहित ५९ सुरक्षाकर्मी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा अधिकृत (पीएसओ) फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीलाई प्रचण्डको पीएसओको रुपमा खटाएको छ ।

प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका डीएसपीको नेतृत्वमा २९ र सशस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा ३० जना गरी ५९ जना खटिएका छन् । उनीमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले यति धेरैको संख्यामा सुरक्षाकर्मी खटाएको हो ।

यसअघि  प्रचण्डको सुरक्षामा खटिएका डीएसपी सन्तोष राठौर महानगरीय प्रहरी वृत्त, लैनचौरमा सरुवा भएका छन् । ‘सुरक्षा थ्रेट’ का नाममा राज्यले पूर्व पदाधिकारीहरुलाई सुरक्षा उपलब्ध गराउँदै आएको छ । र, १० वर्ष सशस्त्र सशस्त्र संघर्ष गरेर आएका प्रचण्डलाई बढी सुरक्षा खतरा हुने भन्दै उक्त सुविधा प्रदान गरिएको हो ।

Logo