आज यी पाँच प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी

आज यी पाँच प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना समेत रहेको छ।

आज राति मधेस र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा कोशी र बाग्मती प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

Skip This
Skip This
Logo